गान्तोक: टिस्टा नदीमा आएको प्रलयकारी बाड़ीको कारण सिक्किम साथै पश्चिम बङ्गालका विभिन्न स्थानमा राष्ट्रिय राजमार्ग १० पुर्णरुपले चुड़िएको अवस्थाबीच आज सिक्किमको डुगा र पश्चिम बङ्गालको लाभा भएर केही साना वाहनहरू गान्तोक र सिलगढ़ीबीच आवागमन गऱ्यो। रम्फू लोकल ट्याक्सी ड्राइभर्स एसोसिएशनका स्ट्याण्ड प्रभारी गोविन्द रोकाले दिएकोजानकारीअनुसार प्रतिकूल परिस्थितिबीच आज केही वाहनहरू गान्तोकबाट सिलगढ़ी गयो भने केही वाहनहरू सिलगढ़ीबाट गान्तोकतर्फ आयो। तर, समान्यभन्दा धेरै कम्ति वाहनहरू गुडेको उनले बताए।
रोकाकाअनुसार सिङ्गताम र रम्फूबीच डुगामा राष्ट्रिय राजमार्ग १० अवरुद्ध भएकोले गान्तोकदेखि सिलगढ़ीतिर जाने वाहनहरू डुगा भएर रम्फू झर्ने गरेकोछ भने मल्ली बजार नजिक पनि राष्ट्रिय राजमार्ग १० पूर्णरुपले चुड़िएकोले रम्फूबाट कालेबुङ जिल्लाको मनसङ्ग भएर अलगढ़ा, लाभा हुँदै डामडिम पुगेर बाघपुल हुँदै सिलगढ़ी झरेको र सिलगढ़ीबाट गान्तोकतिर आउने वाहनहरूले पनि त्यहीँ बाटो पैल्याइरहेको छ।
प्राप्त जानकारीअनुसार आज गान्तोक र सिलगढ़ीबाच सामान्य मेनलाइन ट्याक्सी भन्दा पनि जरुरी काम परेका तथा आपतकालिन सेवाका वाहनहरू मात्र गुडेको थियो।