मुख्यमन्त्रीले गरे उत्तर सिक्किममा जनतासॅंग प्रत्यक्ष भेटघाट

n5435954721696338786649a3d431fffd27e8a0f498d5f954b7f3761a77e0d24679e037249f9e400f6c7794.jpg

गान्तोक: जनतासँगको प्रत्यक्ष भेटघाट कार्यक्रमलाई लिएर एक हप्ताको अन्तरालमा मुख्यमन्त्री पीएस तामाङले दोस्रोपल्ट उत्तर सिक्किम पुगेका छन्। आज मंगलवार लाचेन मंगन निर्वाचन क्षेत्रको मगन बजार पुगेका मुख्यमन्त्रीले एउटा ग्राम पञ्चायत र मगन नगर पञ्चायतका जनतासँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ।

जानकारी गराइन्छ, मुख्यमन्त्री तामाङले २५ देखि २८ सेप्टेम्बरसम्म लाचेन मगन निर्वाचन क्षेत्रको विभिन्न ग्राम पञ्चायतका जनतासँग भेटघाट गरेपछि रहेको एउटा ग्राम पञ्चायत र मगन नगर पञ्चायतका जनता भेट्न मुख्यमन्त्री आज उत्तर सिक्किम पुगेका हुन्। विभिन्न विभागीय मन्त्री, विभागीय तथा मुख्यमन्त्री कार्यालयका कर्मचारीलाई साथमा लिएर जनता भेट कार्यक्रममा रहेका मुख्यमन्त्रीले जनताका समस्याको सुन्वाइ गर्ने र समाधान निकाल्ने पहल गरिरहेका छन्।

उत्तर सिक्किममा जङ्गु निर्वाचन क्षेत्रका जनतासँग अघिबाटै मुख्यमन्त्रीले प्रत्यक्ष भेटघाट गरेका छन् भने आज लाचेन मगन निर्वाचन क्षेत्रका जनतासँगको सम्वाद पूरा भएपछि उत्तर सिक्किममा मुख्यमन्त्रीले जनतासँग सोझो भेटघाट नगरेको निर्वाचन क्षेत्र काबी-लुङ्चोक मात्र रहनेछ। मुख्यमन्त्रीले जनतासँगको सोझो भेटघाट कार्यक्रम दक्षिण सिक्किमको मल्ली निर्वाचन क्षेत्रबाट शुरु गरेका थिए।

यस क्रममा उनले पूर्व सिक्किमको रिनाक, नाम्चेबुङ, नाथाङ-माछोङ र छुजाचेन निर्वाच क्षेत्रका जनतासँग सम्वाद गरिसकेका छन्। दक्षिण सिक्किम अन्तर्गत मुख्यमन्त्रीले नाम्ची सिङ्गीथाङ क्षेत्रका जनतासँ भेट गरेका थिए भने पश्चिम सिक्किमको मानेबुङ देन्ताम र रिञ्चेबुङ निर्वाचन क्षेत्रका जनताले पनि मुख्यमन्त्रीसँग प्रत्यक्ष भेटघाट गरेर आफ्ना समस्या साझा गराइसकेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement