बिन्नागढी ग्राम पञ्चायत कार्यालयअघि तृणमूल-द्वारा विरोध प्रदर्शन

57b94bc4-4670-4c14-9d42-e78d253c7bb1-1024x768.jpg

राजगञ्ज: केन्द्र सरकारमाथि १०० दिनको कामको बकाया रुपियाँ लगायत बङ्गालप्रति उपेक्षा गरेको आरोप लगाउँदै राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायत कार्यालयअघि तृणमूल कङ्ग्रेसले विरोध प्रदर्शन गर्यो। यस अवसरमा बिन्नागढी ग्राम पञ्चायत प्रधान समिजुउद्दीन अहमद, उप प्रधान मिनती राय, पार्टी नेता विजय दास, दीपेन अधिकारी, भवानी शंकर राय लगायत अन्य उपस्थित थिए। यस सम्बन्धमा राजगञ्ज ब्लक युवा तृणमूल कङ्ग्रेस अध्यक्ष तुषार दत्ताले भने, गाउँका गरिब मानिसहरूको सय दिनको कामको पैसा पनि केन्द्र सरकारले अन्यायपूर्वक बकाया गरेर राखेको छ। आवास योजनाको लागि पनि पैसा दिएको छैन। तृणमूल कङ्ग्रेसको तर्फबाट अभिषेक ब्यानर्जीले दिल्लीमा यसविरुद्ध विरोध प्रदर्शन गरिरहेका छन्। यसै अन्तर्गत राजगञ्ज ब्लकको प्रत्येक ग्राम पञ्चायत कार्यालय अघि आफूहरूले विरोध प्रदर्शन गरिरहेका छौँ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement