जलपाईगढ़ी। भारतमा बेतको भाउ घटे पनि विदेशमा जलपाईगढ़ीका बेत फर्निचरको माग उच्च भईरहेको छ। बेतका कुर्सी, टेबुल, स्टूल, लाइट स्ट्यान्डलगायतका विभिन्न फर्निचरहरु अमेरिका, क्यानाडा र युरोपमा पुग्न थालेका छन्न्। लकडाउनका कारण रोजगारी गुमाएका कारीगरहरु पनि आम्दानीका नयाँ स्रोतमा जोड़िन थालेका छन्। अहिले कारीगरहरूको व्यस्तता चाढ़को मौसममा चरम सीमामा छ।
जलपाईगढ़ी फर्नीचरको लागि प्रसिद्ध छन् भने धेरै पसलहरूले स्थानीय क्षेत्रहरू सहित देशभरी नै फर्निचर बेचिरहेका छन् त कतिले बेतका फर्निचर विदेशमा पनि निर्यात गर्न थालेका छन्। हाल जलपाईगढ़ीबाट कलकत्ता हुँदै अमेरिका, क्यानाडा र अन्य युरोपेली मुलुकमा बेतका फर्निचर पुगिरहेका छन्। यसबाट व्यवसायी लाभान्वित भएका छन्। कोरोनाकालमा लकडाउनको समयमा धेरै कारीगरले जागिर गुमाएका छन् र अन्य पेसामा लागेका छन्। कसैले टोटो चलाउन थाले। २०२१ मा पहिलो पटक जलपाईगढ़ीबाट बेत फर्निचर निर्यात गरिएको थियो यसपछि बेत कारीगरहरूले कहिल्यै पछाडि फर्केर हेरेनन्।

जलपाईगढ़ीका प्रसेनजित कर्माकर नामक निर्यातकले भारतमा बेत फर्निचरको माग नरहेको तर विदेशमा माग भएकाले मूल्य बढ़ी छ र कारीगरलाई बढ़ी पारिश्रमिक दिन सकिन्छ। क्रिस्चियन बाहुल्य देशहरूमा डिसेम्बरमा यो फर्निचरको माग बढी हुन्छ। यस्तो अवस्थामा अहिलेदेखि धेरै फर्निचर बनाउने र पठाउने काम भइरहेको छ। विश्वजित दास, प्रशान्त दास जस्ता बेत कारीगरहरू पूजाको अघि बढ़ी काम गर्न र पारिश्रमिक पाउँदा खुसी छन्। विश्वजित दासले भने, ‘केही समयदेखि काम थिएन हामीले आफ्नो जीवन धेरै कठिनाइमा बिताउनुपर्यो र हाम्रो बेतका फर्निचर विदेशमा निर्यात गर्नाले हामीलाई हाम्रो गौरवका दिनहरू फर्काइदिएको छ।