फाँसीदेवा। फाँसीदेवा अस्पतालमा फेरि चिकित्सामा लापरवाहीको आरोप लागेको घटना प्रकासमा आएको छ। गतराति बिजुली लागेर एक जनाको मृत्यु भएपछि अस्पताल परिसरमा खैलाबैला मच्चिएको थियो। स्थितिलाई नियन्त्रणमा लिन फाँसीदेवा पुलिस स्टेशनबाट ठूलो संख्यामा पुलिसबल तैनात गरिएको थियो। ज्ञात रहोस, दिउँसो रुख काट्ने क्रममा करेन्ट लागेर चटहाट निवासी मोसिर अलीलाई आशङ्काजनक अवस्थामा परिवारका सदस्यले फाँसीदेवा अस्पताल ल्याएका थिए। अस्पतालका कर्मचारीले बिरामीलाई बेडमा लैजान रोकेको आरोप छ। शैया खाली भएपछि मात्र बिरामीलाई भर्ती गर्ने भन्दा धेरै बेर बिरामी बाहिर राख्न परेको थियो। पछि चिकित्सकले मोसिर अलीलाई मृत घोषणा गरेका थिए। खबर सुनेपछि सयौँको संख्यामा चटहाट बासिन्दाहरु अस्पताल पुगेर विरोध प्रदर्शन गर्न थाले।

पहिले नै उपचार पाएको भए बिरामीको ज्यान जोगाउन सकिने भन्दै मोसिरका बुबा मोहम्मद अब्दुलले अस्पतालले लापरवाही गरेको आरोप लगाएका छन्। पछि शव पोस्टमार्टमको लागि उत्तरबङ्गाल मेडिकल कलेज अस्पतालमा पठाइएको थियो। यस दिन स्थानीय बासिन्दाहरुबाट खबर पाएपछि महकाम परिषद सदस्य मोहम्मद ऐनुल हक अस्पताल पुगेका थिए। उनले मेडिकल लापरवाहीको आरोप पनि स्वीकार गरे। यद्यपी यस विषयमा अस्पताल प्रशासनबाट कुनै प्रतिक्रिया आएको छैन।