खरसाङ: खरसाङ खण्ड अन्तर्गत जंगपाना चियाबारीमा भारतीय जनता पार्टीको सभा अनि कमिटी गठन भएको छ। उक्त सभा चक्रबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई बिनोद गुरुङले सञ्चालन गरेका थिए। सभामा भारतीय जनता पार्टी खरसाङ विधान सभा समष्टीको को-अर्डिनेटर दया देवान र दार्जिलिङ जिल्ला मिडिया प्रभारी चन्दन प्रसाद, महानदी ग्राम पञ्चायतको पञ्चायत सदस्या रञ्जना छेत्री आदि उपस्थित रहेका थिए। सभामा भारतीय जनता पार्टी खरसाङ विधानसभा समष्टीको को-अर्डिनेटर दया देवान र महानदी ग्राम पञ्चायतको पञ्चायत सदस्या रञ्जना छेत्रीले वक्तव्य दिएका थिए। दुवैले जंगपाना क्षेत्रमा भारतीय जनता पार्टीको सांगठनिक गतिविधि र क्रियाकलापहरू विषयमा वक्तव्य राखेका थिए। सभामा भारतीय जनता पार्टीको खरसाङ क्षेत्रका प्रतिनिधिहरू साथै जंगपाना चियाबारी क्षेत्रका स्थानीयहरू पनि उपस्थित रहेका थिए। यसै सभामा जंगपाना चियाबारीमा भारतीय जनता पार्टीको बुथ स्तरीय कमिटी गठन गरिएको छ। उक्त कमिटीमा सभापति चक्रबहादुर गुरुङ, उप सभापति कुमार तामाङ, महासचिव बिमल गुरुङ लगायत कार्यकारी सदस्यहरू लगाएर जम्मा १५ जनाको कमिटी गठन गरिएको छ। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भारतीय जनता पार्टी खरसाङ विधानसभा क्षेत्रका को-अर्डिनेटर दया देवानले जंगपाना चियाबारीमा आज भाजपाको सभा र हपथ स्तरीय कमिटी गठन गरिएको बताए। उनले जंगपानाका स्थानीयहरूले सांसद राजु विष्टलाई बोलाएर जनसभा गर्ने इच्छा गरेका छन् र यसैको आधारमा आज यहाँ भाजपाको बुथ स्तरीय कमिटी गठन गरिएको छ भने चाढ़ै यहाँ सांसद राजु विष्टलाई ल्याएर जनसभा आयोजना गर्ने बताएका छन्।