उत्तर दिनाजपुर। गुणस्तरहीन काम भएको आरोप लगाउँदै गाउँलेले सड़कको काम रोके।उत्तर दिनाजपुर जिल्लाको इस्लामपुर ब्लकको दारिविट-कलानागिन क्षेत्रमा प्रधानमन्त्री ग्रामीण सड़क योजनाको करिब पाँच किलोमिटर सड़क निर्माण सुरु भए पनि ठेकादारले गुणस्तरहीन सामग्री प्रयोग गरेर सड़क बनाईरहेको स्थानीयवासीले गुनासो गरेका छन्। कतिपय बैमान मानिसहरु ठेकादारसँग मिलेर बसेकोले पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको भन्दै दुई महिनाअघि विभागीय अधिकृतको कार्यालयमा उजुरी दिए पनि गाउँलेको कुरा कसैले नसुन्दा आज गाउँलेहरु एकजुट भएर काम रोकेर आन्दोलन गर्न बाध्य भएको जनाएका छन्।

घटनाका कारण सम्पूर्ण क्षेत्रमा तनाउको वातावरण छाएको छ।