मिरिक १०-के रन सफलतापूर्वक सम्पन्न

Screenshot_20231001_160951_WhatsApp.jpg

मिरिक: मिरिकमा मिरिक १०-के रन(MIRIK -10 K RUN) आज मिरिकमा सफलतापूर्वक सम्पन्न भयो। यस दौडमा बिशेष गरि मिरिक लगायत नेपाल भारतका सयौ धावकहरुले भाग लिएका थिए। दौड दुइवटा वर्गमा विभाजन गरिएको थियो। एक वर्गमा ३ किलोमिटर जुनियर धावकहरुले भाग लिएका थिए भने दाेसराेम १० किलोमीटरमा सिनियर धावकहरुले भाग लिएका थिए।

यस कार्यक्रमका ब्रान्ड एम्बासडर धावक मीरा राई थिइन्।

कार्यक्रममा प्रमुख अतिथि जीटीए चिफ अनित थापा थिए भने बिशिष्ट अतिथिहरुमा मिरिक नगरपालिका अध्यक्ष एलबी राई, कार्यकारी सभासद अरुण सिंगची, सभासद मिलेश राई, मिरिक पंचायत समिति सभापति कैलाश खवास, मिरिक एसडीओ सुदीप्त देवनाथ, डीएमडीसी मृदुल श्रीमानी, आयोजक समितिका अध्यक्ष ज्ञानेन्द्र गुरुङ, सचिव दीपराज राई आदिको उपस्थिति रहेको थियो।

About Author

Advertisement