उत्तर दिनाजपुर। इस्लामपुरको वार्ड नम्बर ९ कठलबारी क्षेत्रमा ५ वर्षीया बालिका बलात्कृत भएको घटना प्रकासमा आएको छ। छिमेकको ५ वर्षीया निर्दोष नाबालिकलाई चकलेट खुवाउने बहानामा टेरेसमा लगेर जबरजस्ती दुष्कर्म गरेको आरोपमा फिरदौस नामका १५ वर्षीय युवकलाई स्थानीयवासीले पक्राउ गरेको थियो भने पुलिसलाई खबर गरेपछि इस्लामपुर थानाको पुलिसबल आएर उनलाई पक्राउ गरी थानामा लगेको थियो।

शनिबार साँझ करिब ५ बजे फिरदौसले बालिकालाई आफ्नै घरको टेरेसमा दुष्कर्म गरेको बताइएको छ। नाबालिकालाई घर अगाडि रगत लतपतिएको अवस्थामा छोडे़र फिरदौस भागेको आरोप छ। नाबालिकले रुँदै सबै कुरा आमालाई सुनाएकी थिईन भने नाबालिकाको शारीरिक अवस्था गम्भीर रहेकाले इस्लामपुर महकुमा अस्पतालमा भर्ना गरिएको थियो। नाबालिकाकी आमाले राति नै थानामा लिखित उजुरी दिएकी छन् भने पुलिसले अनुसन्धान थालेको बताईएको छ।