सिङ्ताम: यहाँको गोलीटार खेल मैदानमा हिज गोलीटार, सिङ्ताममा नेवार कल्याण संगठन सिङ्तामले भव्यताको साथमा मनायो नेवारहरुका महान इन्द्रजात्रा पर्व। यस अवसरम वरिष्ठ समाजसेवी श्री अर्जुन छेत्री मुख्य अतिथिको रुपमा उपस्थित थिए भने विशिष्ट अतिथिको रुपमा श्रम विभागकी अध्यक्षा श्रीमती गंगा प्रशाई, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार टी. एन. ढकाल, पूर्व विधायक एम प्रसाद शर्मा, जी. एम. गुरुङ (रम्फू) अनि विभिन्न जीपीयूका पञ्चायतगण, सिङ्ताम नगर पञ्चायत तथा अन्यान्य विशिष्ट व्यक्तिहरुका उपस्थिति रहेको थियो। आयोजक समितिका अध्यक्ष उत्तम प्रधानले स्वागत जनाइएको तथा श्री मोहन प्रधान नीरज र श्रीमती सीमा प्रधानले संयुक्तरुपमा सञ्चालन गरेको यस कार्यक्रम दीप प्रज्जवलन एंव मन्त्र डान्स एकाडेमी सिङ्तामद्वारा कृष्ण बन्दना नृत्य सँगै शुरु गरिएको कार्षक्रममा विशेष आकर्षण रथ जात्रा परिक्रमा झाँकीसहित एबीएनएस कालेबुङद्वारा धीमे नृत्य, मारुनी नृत्य, एक्कल एंव द्वय नृत्य तथा विभिन्न समूह नेवार नृत्य प्रदर्शित गरिएको तथा समधूर गीतहरु गाएर सबै दर्शक- श्रोताहरुलाई आनन्दित तुल्याइएको थियो। एबीएनएस कालेबुङका सञ्जय साक्यले कार्यक्रमलाई सम्बोधन गर्दै इन्द्रजात्रा पर्वबारे महत्त्वपूर्ण जानकारी गराए। यस अवसरमा विभिन्न व्यक्तिहरुलाई अभिनन्दन पत्र एंव मायाको चिनो प्रदान गरेर सम्मानित गरिएको थियो। का्यक्रमलाई विशिष्ट अतिथि गंगा प्रशाई अनि सुन्दर कुमार राईले पनि सम्बोधन गरेका थिए।