कूचबिहारः जादवपुर यूनिवर्सिटीमा ऱ्यागिङले छात्रको मृत्युको घटनामा देशभरिमा घमासान मचेको छ। यो मामिला शान्त हुनअघि फेरि शनिवार कूचबिहारमा दुई छात्रहरूसित कुटपिटको मामिला अघि आएको छ। कूचबिहार पोल्टेक्निकको प्रथम वर्षका दुई छात्रहरूलाई केही सीनियर छात्रहरू र बाहिरी मानिसहरूले कुटेको आरोप लागेको छ। यो घटना कूचबिहार शहर संलग्न ताकागाछ क्षेत्रमा अबेर रात भएको हो।
सूत्रहरू अनुसार, स्थानीय निवासी कार्तिक शीलले हालमा ताकागाछ क्षेत्रमा एउटा मेस खोलेका छन्। त्यहाँ आठ जना बस्छन्। यसमध्ये अधिकतर कूचबिहार पोल्टेक्निकका छात्र छन्। सीनियर र बाहिरी मानिसहरू एक वा दुई केटीहरूको साथ उक्त मेसमा आउने गर्थे। प्रथम वर्षका दुई छात्रहरूले विरोध गरे। यसपछि सीनियर र बाहिरी मानिसहरूले प्रथम वर्षका दुई छात्रहरूमाथि हमला गरे। शुक्रवार राति उनीहरूलाई कुटे। एक छात्रले आत्महत्याको प्रयास गरेकोपनि आरोप छ। दुवैलाई घाइते अवस्थामा एमजेएन मेडिकल कलेज एवं अस्पतालमा भर्ती गराइएको छ। त्यहाँबाट एकलाई कूचबिहारको एक निजी नर्सिङ होममा स्थानान्तरित गरिएको छ। पुलिस अधीक्षक द्युतिमान भट्टाचार्य अनुसार, छात्रहरूबीच केही निजी मामिलाहरूलाई लिएऱ समस्या थियो। घटनाको जाँच शुरू गरिएको छ।