सिलगढ़ीः सीमान्त मुख्यालय सीमा सुरक्षा बल (बीएसएफ) उत्तर बंगालको ३२औं महानिरीक्षकको रूपमा सूर्यकान्त शर्माले शनिवार आफ्नो कार्यभार सम्हालेका छन्। सूर्यकान्त शर्मा बीएसएफ एसटीसी बैकण्ठपुरबाट स्थानान्तरित भएर उत्तर बंगाल फ्रण्टियर मुख्यालयमा पदस्थापित भएका हुन्।
बीएसएफले आज प्रेस विज्ञप्ति जारी गरेर उक्त जानकारी दिएको छ। जानकारी अनुसार, सूर्यकान्त शर्माले बीएसएफमा सहायक कमान्डेन्टको रूपमा एक अक्टोबर, १९८७ मा जोइन गरेका थिए। उनले बीएसएफमा आफ्नो ३५ वर्षभन्दा धेरैको कार्यकालमा विभिन्न पदहरूमा कार्य गरे। उनलाई बीएसएफमा विभिन्न पदहरूमा कार्यको राम्रो अनुभव छ।
उनले आफ्नो कार्यकाल अवधि पूर्ण इमानदारी, कर्तव्यनिष्ठा र परिश्रमका साथ आफ्नो जिम्मेवारी पालन गरे। उनले बल मुख्यालय द्वारा वर्ष २०११ मा सराहनीय सेवाको निम्ति राष्ट्रपति पुलिस पदक र २०१७ मा विशिष्ट सेवाको निम्ति राष्ट्रपति पुलिस पदकले सम्मानित गरियो।










