बीरभूम पार्टी अफिसबाट पनि हटाइयो तृणमूल नेता अणुव्रत मण्डलको फोटो

IMG-20230410-WA0169-11-300x172-12

कोलकाताः पश्चिम बंगालको बहुचर्चित पशु तस्करी मामिलामा पक्रा परेका बीरभूम जिल्लाका बाहुबली तृणमूल नेता अणुव्रत मण्डलदेखि पार्टीले बिस्तारै दूरी बनाइरहेछ। यहाँ गठित पार्टी कमिटीबाट मण्डललाई बाहिर गरिएपछि अब पार्टीमा उनको चिनोलाई पनि बिस्तारै मेटाइँदैछ। बीरभूम जिल्लाको मुख्य तृणमूल अफिसबाट अब उनको फोटो पनि हटाइएको छ।

बीरभूमको नानुरमा पार्टीको मुख्य अफिस छ। यहाँका तृणमूल अध्यक्ष काजल शेखलाई बनाइएको छ, जो नानूरमा धेरै लोकप्रिय छिन्। यहाँबाट अणुव्रत मण्डलको फोट हटाउनलाई लिएर यसैपनि चर्चा तीव्र भएको छ किनभने काजलले जिल्लामा अणुव्रतको जिम्मा पाएकी छन्। उनी आफ्नो राजनीति अस्तित्वलाई ठूलो पार्नमा जुटेको चर्चा छ।

-हिस

About Author

Advertisement