पर्यटकीय सिजनमा टोय ट्रेन दुर्घटना, यात्रीमा त्रास

ba4d440f-2ece-4029-b3e8-8d68ae8f6eb9

सिलगढी: पर्यटकीय मौसममा दार्जीलिङ नजिकै फेरि एक खेलौना ट्रेन पटरीबाट खसेको घटनाले यात्रीहरूमा त्रास फैलाएको छ। शनिबार बिहान घुम स्टेशनबाट खेलौना ट्रेन दार्जीलिङतर्फ गइरहेको थियो । बीच बाटोमा खसेको थियो । टोयट्रेनमा धेरै पर्यटक थिए । यद्यपी घटनामा मानवीय क्षति भने भएको छैन। सबै यात्री सकुशल छन् । रेल पटरीबाट खस्दा यात्रीहरूलाई समस्या भएको छ। यसैबीच आज बिहानैदेखि उत्तर बङ्गालका पहाडी भेगका तराईमा पानी परेको छ । आइतबारदेखि उत्तरी जिल्लामा हल्का वर्षा हुने मौसमविद्ले बताएका छन् । मंगलबारदेखि पहाडी भेगमा भारी वर्षाको सम्भावना रहेको छ । खबर पाएलगत्तै दार्जीलिङ हिमालयन रेलवे अधिकारीहरू घटनास्थल पुगेका थिए। पानी परेपछि रेल लाइनमा राखियो र यात्रा सुरु भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement