सिलगढी: तीनजना बदमाशलाई प्रधान नगर थाना पुलिसले २ नम्बर वार्डको महानन्दा नदी किनारबाट पक्राउ गरेको छ। पक्रा परेका बदमाशहरूको नाम एमडी इम्तियाज उर्फ मुन्ना, विजय साहनी र दिलीप विश्वकर्मा बताइएको छ। तीमध्ये इम्तियाज बिहारको मोतीहारी निवासी हुन् भने विजय र दिलीप सिलगढी निवासी हुन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत राति तीनजना बदमाश अपराधिक घटनालाई अन्जाम दिने उद्देश्यले महानन्दा नदी किनारमा भेला भएका थिए। पुलिसले पेट्रोलिङ गरिरहेको समय ती तीनजना बदमाशले पुलिसलाई देखेर त्यहाँबाट भाग्ने प्रयास गरे तापनि पुलिसले तिनीहरूलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेकाहरूबाट पुलिसले धारिलो हतियार पनि उद्धार गरेको छ। पुलिसले पक्रा परेका ३ जना बदमाशलाई आज सिलगढी अदालतम पेश गर्यो।