घर नजिकै पोखरीको किनारमा माछा पालक किसानको शव उद्धार, परिवारले गऱ्यो हत्याको आशङ्का

IMG-20230929-WA0196.jpg

कोचबिहार। कोचबिहारको दिनहाटा थाना क्षेत्रको बोरडांगा गाउँमा ४५ वर्षीय पुरुषको शव भेटिएपछि सनसनी फैलिएको छ। मृतकको नाम अब्दुल खालिक मियाँ हो। उनको शव शुक्रबार घरबाट केही टाढा फेला परेको थियो। पुलिस स्रोतका अनुसार युवकको शरीरमा धारिलो हतियारले प्रहार गरेको चोट लागेको छ भने उनको हत्या भएको परिवारका सदस्यले आरोप लगाएका छन्। पारिवारिक स्रोतका अनुसार स्थानीय गाउँलेहरुले जलाशय नजिकैको गोठमा पुरुषको शव फेला पारेका थिए‌।

उक्त व्यक्ति बिहीबार राति माछा रखवाली गर्न पोखरी गएको तियो। धारिलो हतियार प्रहार गरी व्यक्तिको हत्या गरिएको बताइएको छ। स्थानीय गाउँलेहरुले घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। शव बरामद गरी पोष्टमार्टमका लागि पठाइएको पुलिसले जनाएको छ। घटनाको अनुसन्धान सुरु भएको छ।

About Author

Advertisement