दार्जीलिङ: लेमन ग्रास अधीनस्थ छवटा चिया बगानको आजको स्थिति हुनमा भागोप्रमो र उसको श्रमिक संगठन दाही रहेको जोइण्ट फोरमले आरोप लगाएका छन्। आज जोइण्ट फोरमको एक बैठक सम्पन्न भयो। उक्त बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा जोइण्ट फोरमको पदाधिकारी सुरज सुब्बा, डीके गुरूङले पत्रकारहरूलाई सम्बोधन गर्दै लेमन ग्रासको अधीनस्थ छवटा चिया बगानहरूमा आज जो स्थिति सृजना भएको छ। यसको दाही भागोप्रमो र उसको श्रमिक संगन रहेको आरोप लगाएका छन्। उनीहरूले भनेका छन् – ‘यी चिया बगानहरू बिक्री हुन अघि हामीले भनेको थियौं। यस चिया बगानको मालिकले कतिपय बैंकहरूबाट लोन लिएको छ। त्यसकारण पछिबाट असुविधाहरू हुन सक्छ भन्ने जानकारी गराएका थियौं। तर भागोप्रमो र उसको श्रमिक संगठनले हाम्रो सुझाव र सल्लाहको विरोध जनाउँदै जोइण्ट फोरमको नेतृत्वहरूको धेरै विरोध जनाएका थिए। त्यस समय हामीले यी छवटा चिया बगानहरूमाथि भविष्यमा कुनै प्रकारको असुविधाहरू आईपरे त्यसको दाही भागोप्रमो र उसको श्रमिक संगठन हुनेछ भन्ने जानकारी पनि गराएका थियौं।आज हामीले भनेको कुराहरू सत्य सावित भएको छ सुब्बाले भने। लेमन ग्रास अधीनस्थ यी चिया बगानहरूको मालिकहरूले बगान छोड्ने काम गर्दैछ जसको कारणले गर्दा दशैंको मुखमा श्रमिकहरूलाई ठूलो संकट आई लागेको छ। जोइण्ट फोरमको पदाधाकारी सुरज सुब्बा र डीके गुरूङले अघि भने, भागोप्रमो र उसको श्रमिक संगठनले युको बैंक अघि धरना प्रदर्शन गर्ने आदि जस्ता चेताउनी दिएर आफुहरूले गरेको गल्तीलाई छोप्ने काम गर्दैछ तर चिया श्रमिकहरूलाई उनीहरूले गरेको बदमासी बुझी सकेको छ। युको बैंक अधि धरना प्रदर्शन गरेर समस्याको समाधान हुँदैन। उनीहरूले भन्ने गर्छ हामी सरकारसंग मिलेर काम गर्छौं त्यसकारण उनीहरूले यस विषयबारेमा सरकारसँग कुरा गरेर अविलम्ब यी चिया बगानहरूको समस्याको समाधान गर्नुपर्छ।’