शिक्षकहरूका राज्यपालसॅंग शिष्टाचार भेट

n542192266169592625060416b5373f365107bce951a4ddbdd7aa48f6ea48faffe30cdfa0aeb13b734e787e.jpg

गान्तोक: राष्ट्रिय शिक्षक सम्मान २०२३ ले पुरस्कृत सोरेङ उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक डा. पूर्ण बहादुर छेत्री एवं सिक्किम शिक्षक संघले आज राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग शिष्टाचार भेट गरे।

यस अवसरमा राज्यपालले शिक्षकका रूपमा समाजमा आफ्नो अमूल्य योगदान दिएर राज्यलाई राष्ट्रिय स्तरमा गौरवान्वित तुल्याएकोमा बधाई एवं शुभकामना दिए। राज्यपालले भने, शिक्षक समाजका जग हुन्। शिक्षक समाजको शिल्पकारको रूपमा राष्ट्रको प्रगतिका लागि कल्याणकारी कार्य गर्न संकल्पबद्ध छन्। शिक्षकहरूको उपलब्धिले नै उनीहरूको व्यक्तित्वलाई दर्साउॅंछ।

यस भेट अवधि शिक्षकहरूले राज्यपाललाई शिक्षा एवं समाजको कल्याणको निम्ति गरिएका आफ्ना योगदानको विस्तृत जानकारी दिए।

About Author

Advertisement