कानुनी सचेतना शिविर सम्पन्न

IMG-20230528-WA0320-5-300x172-8

कालचिनीः सर्वोच्च अदालतको संरक्षणमा रहेको राष्ट्रिय कानुनी सेवा प्राधिकरण (एनएएलएसए) र राज्य कानूनी सेवा प्राधिकरण (एसएलएसए) र जिल्ला कानूनी सेवा प्राधिकरण, अलिपुरद्वार र स्वैच्छिक संस्था “जबाला” को व्यवस्थापनमा बिहीबार तोपसीखाता ग्राम पञ्चायत, अलिपुरद्वार-१ ब्लक अन्तर्गत पटकापाड़ा सामुदायिक हलमा “कानूनी सेवा शिविर” आयोजना गरियो।

यस कार्यक्रममा जिल्ला न्यायाधीश, अलिपुरद्वार साथै डीएलएसए अध्यक्ष विभूति खेशाङ र अतिरिक्त जिल्ला न्यायाधीश (एफटीसी-१), अलिपुरद्वार साथै डीएलएसए सचिव अनिर्बान रायको प्रमुख आतिथ्य रहेको थियो। साथै अलिपुरद्वारका अन्य न्यायिक मजिस्ट्रेटहरू सहित अन्य जिल्ला अधिकारीहरू र पटकापाड़ा चियाकमानका प्रबन्धक, तोपसीखाता गाउँ पञ्चायतका प्रमुख, सचिव र कार्यकारी सहायक, पटकापाड़ा हाई स्कूलका प्रधानाध्यापक, शिक्षकहरू उपस्थित थिए। मुख्यतया मानव बेचबिखन, बालविवाह, बालश्रम, पोक्सो आईन, महिला संरक्षण लगायतका निःशुल्क कानुनी सेवा उपलब्ध गराउने विषयमा छलफल भएको थियो।

जिल्ला न्यायधीशले उपस्थित सबैसँग कानुनी सेवा सम्बन्धी अन्तरक्रियात्मक सत्र पनि सञ्चालन गरेका थिए‌। उक्त अवसरमा विद्यालयका विद्यार्थीहरूले सुन्दर सांस्कृतिक कार्यक्रमको प्रस्तुति गरेका थिए।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement