गोरूबथानको ४३ नम्बर समष्टिबाट १८ परिवारहरूले समाए हाम्रो पार्टीको झण्डा

IMG-20230927-WA0290.jpg

दार्जीलिङ: दार्जिलिङको माल रोडस्थित हाम्रो पार्टीको केन्द्रीय कार्यालयमा हाम्रो पार्टीको सभा सम्पन्न भयो।आयोजित सभामा पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्स विशेष रूपमा उपस्थित रहेका थिए। सभामा गोरूबथानको ४३ नम्बर समष्टिको १८ परिवारहरूले हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारितामाथि आस्था र भरोसा गर्दै आज पार्टीको झण्डा समाएको जानकारी गराइएको छ। पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्सले समर्थकहरूलाई अब तपाई हामीले एकबद्व भएर गोर्खाको दीर्घकालीन मांगलाई पूरा गर्न अघि बढनुपर्छ भन्दै पार्टीको झण्डा सुम्पिएका छन्। गोरूबथान ४३ नम्बर समष्टिको नेतृत्व गरेर आएका उदास राईले आफु गोर्खाल्याण्डको पक्का समर्थक रहेको बताउँदै छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति आफु अनि आफुसँग आएका सबै समर्थकहरू गोर्खाल्याण्डको निम्ति आएको हो भन्ने बताए। उनले आफु रोजगारको निम्ति विदेशमा रहेको समयमा पनि छुट्टै राज्य गोर्खाल्याण्डको सन्दर्भमा सामाजिक सञ्चालहरूदेखि लिएर पत्र पत्रिकाहरूमा लेख्ने गरेको बताए। गत केही महिना अघि सम्पन्न भएको पञ्चायत चुनावमा आफु स्वयम पनि चुनावी मैदानमा ओर्लिएका थिए भन्ने राईले बताए। आफ्नो जातिको बेहाल अवस्था र छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति आफु लगायत आफुसंग आएका १८ भन्दा धेर परिवारहरूले हाम्रो पार्टीको झण्डा समाएको हो भन्ने उदास राईले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement