सोनादाको पर्यकीय स्थल इन्द्रेणी फल्समा विश्व पर्यटन दिवस पालन

IMG-20230927-WA0282.jpg

सोनादा: सोनादा क्षेत्र अन्तर्गत इन्द्रेणी फल्स परिसरमा आज इन्द्रेणी छाँगो संरक्षण समिति अनि जीवनदान सेवा समितिको संयुक्त आयोजनामा विश्व पर्यटन दिवस पालन गरियो।

विजय बम्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा मुख्य अतिथिको रूपमा जीटीएका कार्यकारि सभासद अनोश थापा उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा स्थानीय ग्राम पञ्चायत प्रधान, उपप्रधान, पञ्चायत सदस्यहरू लगायत स्थानीय विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिहरू उपस्थित थिए। इन्द्रेणी छाँगो संरक्षण समितिका सभापति उमेश मुखियाद्वारा सञ्चालित कार्यक्रममा स्थानीय बाल कलाकारहरूले नृत्यहरू प्रस्तुत गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै अनोश थापाले आयस्रोतको सजिलो माध्यम होमस्टे रहेको जनाए। तिनले यस क्षेत्रको संरक्षण गर्न यहाँ भगवान शिवको शालिग राखिने जनाए। कार्यक्रमबारे इन्द्रेणी छाँगो संरक्षण समितिका सभापति उमेश मुखिया अनि जीवनदान सेवा समितिको सभापति सन्तोकी राईले जानकारी दिएका छन्।

About Author

Advertisement