शिमला: अरूणाचल प्रदेशका तीनजना वुशु एथलिटहरूलाई १९औं एशियाली खेलको लागि भिजा नदिएकोमा केन्द्रिय खेल एवं युवा मामिला मन्त्री अनुराग ठाकुरले चीनलाई लक्षित गरेका छन्।
अनुराग ठाकुरले मंगलवार शिमलामा भने, चीनको भेदभावपूर्ण नीतिलाई सहन गर्नेछैनौं। ओलम्पिक चार्टर अनुसार भिजा पाउनुपर्थ्यो, जसरी भेदभाव गरियो त्यसलाई स्वीकार गर्नेछैनौं। उनले भने, अरूणाचल प्रदेश भारतको अभिन्न अंग हो। भारत न झुकेको छ न झुक्ने नै छ। भारतले जी-२० सम्मेलनको सफल आयोजन गरेको छ। अफ्रिकन यूनियनलाई जी-२० मा सामेल गराउनु महत्वपूर्ण सन्देश हो।
हिमाचलमा आएको आपदालाई राष्ट्रिय आपदा घोषित गर्नको लागि राज्य सरकारले विधानसभामा पारित गरेको प्रस्तावमाथि बोल्दै अनुराग ठाकुरले भने, केन्द्रले प्रदेशलाई हरसम्भव सहयोग गरेक छ। यसको लेखाजोखा गर्न टीम पठाइयो। अहिलेसम्ममा ८६२ करोड़ रुपियाँको सहायता दिसकिएको छ। मनरेगाको पैसा र २७०० करोड़ रुपियाँ सड़कहरूको निर्माणको लागि दिइएको छ। आपदामा प्रदेश सरकारले आफ्नो कति पैसा खर्ज गरेको छ त्यसको जवाफ दिनुपर्छ।
अनुराग ठाकुरले नारी शक्ति वन्दन विधेयकलाई लिएर विपक्षलाई लक्षित गर्दै भने, मोदी सरकारले यस विधेयकलाई दुवै सदनमा पारित गरेको छ। देश महिला र संविधान विरोधी कंग्रेस अनुसार होइन संविधान अनुसार चल्छ। नारी शक्ति वन्दन विधेयकलाई मोदी सरकारले ल्याएको हो र पारित पनि गरायो। देखाउनको लागि कंग्रेसले पनि ल्याएको थियो, तर पारित गराउन सकेन।
विपक्षद्वारा उक्त विधेयकमाथि उठाइएका प्रश्नहरूमा उनले भने, संविधान अनुसारै ३३ प्रतिशत आरक्षण प्राप्त हुनेछ। आगामी वर्ष २०२४-को चुनाउ पछि डिलीमिटेशन कमिशन बस्नेछ। यसलाई लागू गर्नको लागि संविधानमा संस्थाहरू छन्। देश राहुल गान्धीको सोचबाट चल्दैन, बाबा साहब अम्बेडकरको संविधानबाट चल्छ।
कंग्रेसले बाबा साहब अम्बेडकरलाई अपमानित गरेर बाहिर निकाल्यो भने पण्डित नेहरूले उनलाई परास्त गर्नको लागि आफ्नो सम्पूर्ण शक्ति खन्याए। कंग्रेसले आज संविधानको अपमान गरिरहेको छ। यस कानूनलाई चाँड़ोभन्दा चाँड़ो लागू गर्ने माग अहिले उनीहरूले नै गरिरहेका छन् जसले यसको विरोध गरिरहेका थिए। कंग्रेसको गठबन्धनले नै यसको पहिला विरोध गरेको थियो।
शिमला रोजगार मेलामा ११० अभ्यर्थीहरूलाई नियुक्ति पत्र वितरण गरियो
केन्द्र सरकारको १ वर्षमा १० लाख युवाहरूलाई नोकरी दिने लक्ष्य अन्तर्गत मंगलवार देशभरिका ५१ हजार युवाहरूलाई ४५ विभागहरूको नियुक्ति पत्र वितरण गरियो। सोही क्रममा प्रदेशको राजधानी शिमलामा पनि केन्द्रिय मन्त्री अनुराग ठाकुरले गेयटी थियेटरमा आयोजित 9औं रोजगार मेलामा ११० चयनित अभ्यर्थीहरूलाई नियुक्ति पत्र वितरण गर्दै समाजमा परिवर्तन ल्याउनको लागि काम गर्ने आह्वान गरे। शिमलामा डाक विभाग, ग्रामीण ब्यांक, बीबीएमबी सीआरआई कसौली, एनआईटी उत्तराखण्डको लागि चयनित अभ्यर्थीहरूलाई नियुक्ति पत्र प्रदान गरियो।