अवैध रूपमा बालुवा बोकेको डम्पर जफ्त

00-1-Chhetriya-Samachar-1

नक्सलबारी: नक्सलबारीको बङ्गाईजोतमा अवैध रूपमा बालुवा बोकेको डम्पर जफत गर्नको साथै घटनामा २ जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा अतुल सिंह र भीम राय सामेल छन् भने तिनीहरू खोरीबारी र जलपाईगढी निवासी हुन्। प्राप्त जानकारी अनुसार नक्सलबारी थाना पुलिसले यहाँको बङ्गाईजोत इलाकामा अभियान चलाएर एउटा बालुवा बोकेको डम्परलाई रोकेर बालुवाको वैध कागजपत्र माग्दा सो देखाउन नसकेपछि पुलिसले डम्पर सहित २ जना युवकलाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार उक्त बालुवा नक्सलबारीबाट बिहारमा तस्करी गर्ने योजना रहेको थियो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *