२५ सेप्टेम्बरः सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको चौथो सीजनमा सिक्किमको हिमालयन स्पोर्टिंग क्लबले रोमाञ्चक जीतको साथ प्री-क्वार्टर फाइनलमा स्थान बनायो। सोमवार सिमुलबारी खेल मैदानमा भएको म्याचमा हिमालयन स्पोर्टिंग क्लबले दार्जीलिङ पुलिसलाई पेनल्टी शूटआउटमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। विजेता टीमका फरवर्ड किंग लेप्चालाई प्लेयर अव् द म्याच चयन गरियो। अब मंगलवार खेलिने शुरुवाती राउण्डको अन्तिम म्याचमा परिमलनगर र दलसिंगपाड़ा स्पोर्टस एकाडमीबीच भिड़न्त हुनेछ। यस प्रतिष्ठित टुर्नामेण्टमा नामी-दामी २० वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः ६ र ७ अक्टोबरमा खेलिनेछ। यसरी फाइनल १० अक्टोबरमा हुनेछ। सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको चौथो सीजनमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।