पाकिममा कार्यरत अप्रवासी मजदुरहरूलाई लिएर एक दिवसीय अभिमुखी कार्यक्रम सम्पन्न

IMG-20230925-WA0296.jpg

पाकिम: पाकिम जिल्ला अन्तर्गत विभिन्न क्षेत्रमा कार्यरत अप्रवासी मजदुरहरूलाई लिएर राशन कार्डमाथि एक दिवसीय अभिमुखी कार्यक्रम आयोजना गरियो।

राज्यको खाद्य एवम् नागरिक उड्डयन विभाग र श्रम विभागको संयुक्त पहलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पाकिम जिल्लाका डीसीएओ भीम प्रधानको राष्ट्रिय खाद्य सुरक्षा ऐन अन्तर्गत मजदुरहरूलाई सही मूल्यमा खाद्य उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको बताए।

देशमा केही वर्षदेखि एक राष्ट्र एक राशन कार्ड योजना शुरू भएको र यस योजना अन्तर्गत देशको कुनै पनि उचित पसलबाट खाद्यान्न प्राप्त गर्न सकिन्छ। उनले थप जानकारी गराए अनुसार, आधार प्रमाणिकरण बायोमेट्रिक मार्फत, उनीहरूले अन्त्योदय अन्न योजना र प्राथमिकता परिवार राशन कार्ड मार्फत देशको एक भागबाट अर्को भागमा आफ्नो अधिकार प्राप्त गर्न सक्नेछन्।

यसै क्रममा श्रम विभागका सहायक आयुक्त अर्जुन उप्रेतीले ई-श्रम पोर्टल र भवन तथा अन्य निर्माण मजदुर योजना अन्तर्गतका विभिन्न सामाजिक सुरक्षा लाभ, बीमा योजना र सुविधाका बारेमा चर्चा गरे।

About Author

Advertisement