मालिकको सूचना र प्रबन्धकले बगान छोडेपछि दशैंको मुखैमा मुण्डाकोठी चियाबारी अचल

IMG-20230925-WA0225.jpg

सोनादा: सोनादा क्षेत्रमा रहेको मुण्डाकोठी चियाबारीमा मालिकले अचानक बगान अचल रहेको सूचना वाट्सएप्समार्फत् जारी गरेपछि साथै बगान छोडेर प्रबन्धक पक्ष निस्केपछि दशैंको मुखैमा अचल भयो मुण्डाकोठी चियाबारी। मुण्डाकोठी चियाबारीमा हालमा श्रमिकहरू र स्टाफहरू लगाएर जम्मा ९४८ जना छन्। लेमनग्रास अर्गेनिक टी स्टेट प्राइवेट लिमिटेडद्वारा सञ्चालित यस चियाबगानको अघिल्लो कम्पनी र यूको व्याङ्कमाझ रहेको आर्थिक झमेला समस्या समाधान नभएको कारण नै यो चियाबगानलाई अचल बनाइएको बताउँदै चियाबगान प्रबन्धनपक्षले सम्बन्धित सबै निकायहरूलाई वाट्सएप्समार्फत् जानकारी गराएको छ। यस विषय लिएर चियाबगान प्रबन्धन पक्षले चियाबगानको कारखाना वा कार्यालय परिसरमा कुनै नोटिस टाँसेको छैन। यसको नोटिस सम्बन्धित निकायहरूलाई वाट्सएप तथा अन्य माध्यमद्वारा दिएको बताइएको छ। उक्त सूचना अनुसार सोमबारदेखि यस चियाबगानमा एकैजना पनि प्रबन्धक नरहेको पनि जानकारी पाइएको छ, जसको फलस्वरूप नै यहाँको कामकाज ठप्प भएको हो। नोटिसमा भनिएको छ-एनसीएलटी (नेशनल कम्पनी ल ट्राइव्यूनल)-को निर्देशअनुसार, यूको व्याङ्कले रहेका समस्याहरूको समाधान २१ सेप्टेम्बरभित्र पूरा गरिसक्नु पर्नेथियो। तर यस व्याङ्कले उक्त निर्देशअनुसार, समस्या समाधान गर्न अस्वीकार गरिदियो। जसको कारण यस कम्पनीले यस चियाबगानबाट आफ्नो प्रबन्धन फिर्ता लिनबाहेक अन्य कुनै विकल्प रहेन भन्ने पनि नोटिसमा बताइएको छ। त्यसै अनुसार, यो चियाबगानको कामकाज सोमबारदेखि ठप्प भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement