२५ सेप्टेम्बरः राइजिंग स्टार स्पोर्टिंग क्लब, फेञ्चेटारको तत्त्वावधानमा दिपावली कप नक्आउट फूटबल टुर्नामेण्टको १४औं संस्करण आयोजन गरिने भएको छ। फेञ्चेटार खेल मैदानमा यस प्रतिष्ठित टुर्नामेण्टमा जम्मा १६ वटा टीमलाई प्रवेश दिइनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक राइजिंग स्टार स्पोर्टिंग क्लबका सचिव बिनोद छेत्रीले बताएका छन्। टुर्नामेण्टको गत संस्करणमा एमएमएफसी निरपानी च्याम्पियन भएको थियो।