बिन्नागुड़ी डीबीआईटीए परिसरमा हात्तीको उत्पात

IMG-20230925-WA0219.jpg

जलपाईगढ़ी। आईताबार राती आहारको खोजीमा मोराघाट जंगलबाट झुण्डदेखि बिथोलिएको जंगली हात्तीले बिन्नागुड़ी एथेलबारी स्थित डीबीआईटीए परिसरमा पसेर उत्पात मच्याएको घटना प्रकासमा आएको छ। यसरी डीबीआईटीए परिसरमा पसेको हात्तीले उत्पात गर्दा स्थानीय गाउँलेहरुले हल्लाखल्ला गर्दा हात्ती यताउति दौड़न्दा डीबीआईटीए परिसरमा रहेको रुखपात र फूलको गाँछहरु नष्ट भएको थियो भने सुरक्षा देवाल पनि क्षतिग्रस्त बनाएको थियो।

करीब आधा घन्टा जति उत्पात पश्चात हात्ती जंगलतिर भाग्न सफल भएको थियो। सूचना पाएर बिन्नागुड़ी वन्यजीव शाखाका बनकर्मीहरु घटनास्थलमा आईपुग्दा हात्ती जंगलतिर फर्किसकेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement