खरसाङ: खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा खरसाङको मन्टिभियट खेल मैदानमा भईरहेको दशौं संस्करणको अण्डर १४ लिग् कम नक आउट फुटबल टुर्नामेन्ट २०२३ को फाइनल खेल आज सम्पन्न भएको छ। गत १६ सेप्टेम्बरदेखि शुरु भएको उक्त फुटबल टुर्नामेन्टमा जम्मा ८ वटा दलहरूले भाग लिएका थिए। यसै टुर्नामेन्टको फाइनल खेल हिल्स फुटबल एकाडेमी खरसाङ र जेआर ३२ माझ सम्पन्न भएको थियो। यस पाइनल खेलमा हिल्स फुटबल एकाडेमीले शून्यको विरूध्द दुई गोल गरेर जेआर ३२ लाई हराउँदै फाइनल खेल जितेको छ। यसपालीको फाइनल खेल जितेर हिल्स फुटबल एकाडेमीले लगातार रूपमा तीनवटा फाइनल जितेर ह्याट्रिक नै गरेको छ। यस फाइनल खेलमा हिल एकाडेमीको जर्सी नम्बर ८ अभिषेक कुनालले २ गोल गरेर म्यान अफ् द म्याच उपाधि प्राप्त गरेका छन् भने सबैभन्दा बेसी गोल गर्ने खेलाड़ी जेआर ३२ को जर्सी नम्बर ७ सामदेन लामाले प्राप्त गरेका छन् जसले यस फुटबल टुर्नामेन्टमा जम्मा १६ गोल गरेका थिए। त्यसरी नै म्यान अफ् द टुर्नामेन्ट संस्कार एकाडेमीको जर्सी नम्बर १० एरोन राईले प्राप्त गरेका छन् भने बेस्ट गोल किपरको पुरस्कार सिपाहीधुरा एससीको जिगमी दोर्जे शेर्पाले प्राप्त गरेका छन्। सबैलाई फाइनल खेलको विशिष्ट अतिथिहरूका बाहुलीबाट पारितोषिक वितरण गरिएको थियो। त्यसरी नै सानो केटाहरूमा मकैबारी एससी अनि सिपाहीधुरामाझ एक्जिविशन खेल सम्पन्न भएको थियो जसमा पेनल्टीमा मकैबारी बिजय भएको छ। आजको फाइनल खेलमा निर्णायकको रूपमा निर्मल गुरुङ, कविन राई, रोशन सार्की र चौथो निर्णायकमा जोहन योञ्जन रहेका थिए। खरसाङ गोर्खा पार्वत्य खेलकूद संघले २३ सेप्टेम्बरदेखि अायोजना गर्ने भनिएको एथलेटिक मिट आगामी ४ र ५ नोभेम्बरको दिन आयोजना गरिने भनी उप सभापति फुर्बा घिसिङले जानकारी गराएका छन्। उनले यस एथलेटिक मिटको लागि इच्छुकहरूले सम्पर्क गर्न सक्ने पनि बताएका छन्।