तीनधारेमा भाजपाको सभा अनि बुथ स्तरीय कमिटी गठन

IMG-20230924-WA0276.jpg

खरसाङ: भारतीय जनता पार्टीको सभा तीनधारेको १७ माइलस्थित नवज्योति संघमा सम्पन्न भएको छ। उक्त सभा अनिल छेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त सभामा भाजपा तीनधारे महानदी समष्टीको मण्डल सभापति उमेश प्रधान, मण्डल युवा सभापति सागर दास, युवा सचिव दिपराज माझी र घैयाबारी ग्राम पञ्चायत अन्तर्गत मिठाईडाँडा, गैरी गाउँ, १७ माइल र लालमाट्टीको संयोजक सीके प्रधान, घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत सदस्यहरू अजय विश्वकर्म र विनिता रसाईली साथै अन्यहरू उपस्थित रहेका थिए। यसै सभामा तीनधारेको बुथ नम्बर २४५ मा बुथ स्तरीय कमिटी गठन गरिएको छ। उक्त बुथ स्तरीय कमिटीमा सभापति अशोक भुजेल, सचिव विकास बराईली, मुख्य सल्लाहकार बिनोद छेत्री लगायत २१ जनाको बुथ स्तरीय कमिटी गठन गरिएको तीनधारे शक्ति केन्द्रको संयोजक सीके प्रधानले जानकारी गराएका छन्।

About Author

Advertisement