गोर्खा सेभेन र खरसाङ एसए सेमिफाइनलमा

photocollage_2023924133554213.jpg

२४ सेप्टेम्बरः नेहुरे बालासन युनाइटेड क्लबको तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार क्वार्टर फाइनल राउण्डको दुईवटा म्याच खेलियो। बालासन खेल मैदानमा भएको पहिलो म्याचमा गोर्खा सेभेनले गोराबारी एफसी-लाई ४-२-ले पराजित गऱ्यो। विजेता टीमका अनुराग प्रधानलाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी दोस्रो म्याचमा खरसाङ स्पोर्ट्स एकाडमीले १३ नम्बर एफसी-लाई ५-१-ले पराजित गऱ्यो। विजेता टीमका पवन राईलाई प्लेयर अव् द म्याच चयन गरियो।

यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल ८ अक्टोबरमा खेलिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *