ईंग्लिश प्रीमियर लीगः म्यानचेष्टर सिटी र युनाइटेडको रोमाञ्चक जीत

photocollage_2023924134011952.jpg

२४ सेप्टेम्बरः ईंग्लिश प्रीमियर लीग फूटबलमा म्यानचेष्टर सिटीले आफ्नो जितको क्रम जारी राख्यो। यसरी म्यानचेष्टर युनाइटेडले पनि जसोतसो आफ्नो म्याच जित्यो। गत सीजनको च्याम्पियन म्यानचेष्टर सिटीले नटिंघम फरेष्टलाई २-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा ५८ प्रतिशत पोजेशनको साथ खेले पनि मीडफिल्डर रोड्रीले ४६औं मिनटमा रेड कार्ड देख्दा सिटीले मध्यान्तरपछि अधिकांश समय नै दशजना खेलाड़ीको साथ लड़ाइँ गर्नु पऱ्यो तर खेलको शुरुमै २ गोल हासिल गरेको हुनाले होम टीमलाई म्याच जित्न असुविधा भएन। सिटीबाट फिल फोडेनले सातौं र एर्लिंग हालाण्डले १४औं मिनटमा गोल गरे। अहिले १८ पोइण्ट्सको साथ पोइण्ट्स टेबलको शीर्ष स्थानमा रहने म्यानचेष्टर सिटीले प्रीमियर लीगको जारी सीजनमा ६ वटा म्याच खेलेर जम्मै जितेको छ।
यसरी खराब फर्मसँग जुझिरहेको म्यानचेष्टर युनाइटेडले बर्नले विरुद्ध १-०-ले जीत हासिल गऱ्यो। बर्नलेको होम ग्राउण्डमा केवल ३८ प्रतिशत पोजेशनको साथ खेले पनि ब्रूनो फर्नाण्डेजले ४५औं मिनटमा गोल गरी युनाइटेडलाई जीत दिलाए। युनाइटेडको गत तीनवटा म्याचमा यो पहिलो जीत हो। उनीहरू अहिले ६ वटा म्याचमा ९ पोइण्ट्सको साथ आठौं स्थानमा रहेका छन्। प्रीमियर लीगको अन्य एउटा म्याचमा एभर्टनले ब्रेण्टफोर्डलाई ३-१-ले पराजित गऱ्यो। यसबाहेक लूटन टाउन र वूल्भ्सबीचको म्याच १-१-ले ड्र रह्यो। क्रिस्टल प्यालेस र फूलहामबीचको म्याच पनि गोलरहित ड्र (०-०)-मा समाप्त भयो।

About Author

Advertisement