सीआईडीले इण्डियन म्यूजियमलाई भगवान कृष्णको दुर्लभ मूर्ति सुम्प्यो

IMG-20230410-WA0169-11-300x172-9

कोलकाताः पश्चिम बंगाल सीआईडीको तर्फबाट कोलकाताको इण्डियन म्यूजियमलाई भगवान श्रीकृष्णको एउटा दुर्लभ मूर्ति सुम्पिएको छ। सीआईडीको तर्फबाट शुक्रवार बिहान जारी बयान अनुसार, वर्ष २००८ मा चोरीको एक मामिलामा आरोपित पक्रा परेपछि तलाशी अभियान चलाउँदा यो मूर्ति उद्धार भएको थियो। यसको ओजन लगभग पाँच किलो छ र मूल्य लगभग पाँच लाख रूपियाँ मापिएको छ। यसलाई कश्ती ढुंगाले बनाइएको छ, जुन कालो र हजारौं वर्षसम्म खप्ने मूर्तिहरू बनाउनका लागि प्रयोगमा ल्याइन्छ। यो उद्धार भएपछि यसलाई सीआईडी मुख्यालय अर्थात् भवानी भवनको साक्ष्य संरक्षण डिपार्टमेन्टमा राखिएको थियो।

चोरीको उक्त मामिलाको उत्तर २४ परगनाको बनगाउँ कोर्टमा सुनवाई भइरहेको थियो। हालमा कोर्टले यस मूर्तिलाई इण्डियन म्यूजियमलाई सुम्पिने आदेश दिएको थियो। त्यही अनुसार एक दिनअघि बिहिवार यसलाई म्यूजियम अधिकारीहरूलाई सुम्पिएको छ। म्यूजियममा यसलाई प्रदर्शनीमा राखिने बताइएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement