कर्मयोगी जुगल किशोर जैथलिया स्मृति व्याख्यान माला आइतवार

IMG-20230410-WA0169-11-300x172-9

कोलकाताः श्री बड़ाबजार कुमार सभा पुस्तकालयका पूर्व अध्यक्ष एवं मार्गदर्शक रहेका कर्मयोगी जुगल किशोर जैथलियाको स्मृतिमा प्रतिवर्ष आयोजित हुने व्याख्यान मालाको आठौं आयोजन आगामी आइतवार ७ अक्टोबरमा जोड़ासांको ठाकुरबाड़ी प्रेक्षागृहमा आयोजित हुनेछ।

“वर्तमान परिप्रेक्ष्यमा भारत समक्ष चुनौतीहरू एवं समाधान” विषयमाथि आयोजित हुने व्याख्यान मालाको अध्य़क्षता प्रसिद्ध उद्योगपति हरिमोहन बांगड़ले गर्नेछन्। सुप्रीम कोर्टका अधिवक्ता अश्वनी उपाध्याय मुख्य वक्ता हुनेछन्। प्रधान अतिथिको रूपमा आयकर सल्लाहकार सज्जन कुमार तुलस्यानले भाग लिनेछन्। पुस्तकालयका अर्थ मन्त्री अरूण प्रकाश मल्लावतले भने, हरेक वर्ष यस कार्यक्रममा गहन मन्थन हुन्छ र यस पालीपनि सम्बन्धित विषयमाथि व्याख्यान राखिनेछ।

-हिस

About Author

Advertisement