परिणिती चोपडा-राघव चड्डालाई भव्य स्वागत

00-1-Pariniti-Ragav-copy

उदयपुर: परिणीति चोपडा र राघव चड्डा छिट्टै बिहे गर्दैछन्। २४ सेप्टेम्बरमा दुवै श्रीमान्–श्रीमतीको सम्बन्धमा सदाका लागि बाँधिने छन्। यसअघि पनि एयरपोर्टबाट बेहुला र बेहुलीको तस्वीर अघि आएको थियो। यससँगै उदयपुर एयरपोर्टका केही तस्वीरहरु पनि सार्वजनिक भएका छन्, जसमा परिणिती र राघवको स्वागतका लागि उदयपुरले कस्तो तयारी गरेको प्रष्ट देखिन्छ। विवाहका लागि परिणीति चोपडा र राघव चड्डा उदयपुर पुगेका छन्। दुवै उदयपुर एयरपोर्टमा छुट्टाछुट्टै बाहिर निस्किएका थिए। उदयपुरमा पर्व शुरु भएको छ। परिणीति चोपडा र राघव चड्ढाको विवाह २४ सेप्टेम्बरमा भव्यताका साथ हुँदैछ। दुवैको विवाहअघि नै प्रि-वेडिङ फंक्शन शुरु भइसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement