मन्त्री खतिवडाले गरे बुदाङ गाउँको निरीक्षण

IMG-20230920-WA0367.jpg

गान्तोक: रिनाक निर्वाचन क्षेत्रका विधायक एवम मन्त्री विष्णु कुमार खतिवडा र भवन विभागका अध्यक्ष कर्मा टाशी भोटियाको संयुक्त पहलमा आज पाकिम जिल्ला अन्तर्गत बुदाङको निरीक्षण गरे। निरीक्षण गरिनुको मुख्य उद्देश्य जेजेएम अन्तर्गत खानेपानी योजनाको कार्य प्रगतिको समीक्षा र बुदाङ वन विभागको जमीनबारे जायजा लिनु रहेको थियो। संयुक्त निरीक्षणका क्रममा मन्त्रीले कामको प्रगतिको बारेमा जानकारी लिनको साथै सम्बन्धित विभागका डिई, एई र अभियन्ता र ठेकेदारसँग भेट गरी निर्माणाधीन आयोजनाको बारेमा जानकारी लिए। मन्त्री खतिवडाले निरीक्षणको क्रममा निर्माणधीन कार्यको समापन शीघ्र समाप्त गर्नु पर्ने र यस योजनाले सबै घरले लाभ उठाउन सकोस् भन्ने निर्देश दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement