साहसी व्यक्तिहरूलाई गरियो सम्मान

IMG-20230920-WA0366.jpg

गान्तोक: गेजिङ जिल्ला आपदा प्रबन्धन प्राधिकरणद्वारा टिस्टा रङ्गीत उद्दार केन्द्रका साहसी व्यक्तिहरूलाई सम्मान जनाउँदै प्रमाण पत्र प्रदान गरियो। उनीहरूको प्रशंसनीय कार्यको कदर गर्दै सम्मान जनाइको हो। विज्ञप्तिमा जानकारी गराए अनुसार टाशीडिङ ग्राम पञ्चायत यूनिक अन्तर्गत नेरदाङ वार्ड निवासी लाबुङ सुब्बाको शव गत १३ सेप्टेम्बरको दिन रङगीत बाँधबाट उद्दार गर्न सफल बनेको थियो। गेजिङ जिल्लाकी जिल्लापाल हिस्से डी.योङदाले साहसी उद्दारकर्ताहरूलाई पारम्पारिकरूपमा उनीहरूको कार्यको प्रशंसा गर्दै सम्मान जनाइयो। यस अवसरमा टीआरआरसीकी अध्यक्ष शान्ति राई, सहकोषाध्यक्ष सुजाता छेत्री, रितू राई, रोशनी भुजेल, राधा राई, स्वारभ सुब्बा र साजन डुक्पालाई सम्मान जनाइयो। उल्लेखनीय छ, गत १२ सेप्टेम्बरको दिन रङ्गीत नदीमा माछा मार्न गएका लाबुङ सुब्बालाई नदीले बगाएपछि उनको खोजी अभियानमा टीआरआरसी जुटेको थियो। अन्ततः सुब्बाको शव १३ सेप्टेम्बरको दिन टोलीले रङ्गीत नदीमा रहेको बाँधको माथिलो भागबाट उद्दार गरेको जानकारी गराइएको छ।

About Author

Advertisement