बंगालमा नौ लाख विद्यार्थीको आधार कार्ड छैन, सरकारले क्याम्प लगाउने

IMG-20230410-WA0169-11-300x172-8

कोलकाताः पश्चिम बंगाल सरकारले राज्यमा लगभग ९ लाख विद्यार्थीहरूको आधार कार्ड नरहेको जानकारी गराएको छ। विद्यार्थीहरूको आधार कार्ड बनाउन राज्य सरकारले क्याम्प लगाउने भएको छ। आज बुधवारदेखि नै यसको शुरू गरिने छ।

शिक्षा विभागले प्रत्येक ब्लकमा कम्तिमा दुई ठाउॅंमा विद्यार्थीहरूको आधार कार्ड बनाउन शिविर लगाउने छ। शिविरहरूको आयोजनमा अनुमण्डल शासक र प्रखण्ड बीडीओलाई सहयोग गर्न लगाइएको छ। बुधवार शिविर आयोजन गर्न नसकेको खण्डमा चॉंडै शिविर लगाएर आधार कार्ड बनाउने काम शुरू गरिने छ। सरकारीका साथै निजी स्कूलका विद्यार्थीहरूले यहॉं आधार कार्ड बनाउन सक्नेछन्।

प्राप्त जानकारी अनुसार, अलीपुरद्वार जिल्लामा ८, बांकुड़ा जिल्लामा १२, ब्यारकपुर उपखण्डमा २, बीरभूममा ८, कुचबिहारमा ७, दक्षिण दिनाजपुरमा १६, दार्जीलिङमा २, हुगलीमा ६, हावड़ामा २०, जलपाइगढीमा दो, झारग्राममा १०, कालेबुङमा ४, मालदामा १४, मुर्शिदाबादमा २१, नदियामा ११, उत्तर २४ परगनामा २३, पश्चिम बर्दवानमा एक, पश्चिम मेदिनीपुरमा २५, पूर्वी बर्दवानमा १६, पूर्वी मेदिनीपुरमा ३५, पुरुलियामा १७, सिलगढीमा एक, दक्षिण २४ परगनामा १२ र उत्तरी दिनाजपुरमा ४ क्याम्प लगाइने छ।

About Author

Advertisement