एनएसएस यूनिटलाई लिएर स्कूल र बन विभागको जागरुकता ऱ्याली

d3bade9f-afb6-4439-b0f0-0fb4569bf09a

कालचिनीः बुधबार हेमिल्टनगन्ज हाई स्कूल र हेमिल्टनगन्ज रेन्ज कार्यालयको एनएसएस इकाईले वन्यजन्तु र वन्यजन्तु संरक्षण एवम् जागरूकताको लागि साइकल र्‍यालीको आयोजना गर्‍यो। साइकलयात्रामा विद्यालयका विद्यार्थी, शिक्षक र वन अधिकारीको करिब ६० जना साइकल सवारहरूको सहभागिता रहेको थियो।
उक्त ऱ्याली हेमिल्टनगञ्ज, बजार, ब्याङ्क मोड़ हुँदै विभिन्न स्थान परिक्रमा गरी विद्यालयमा फर्किएको थियो। हेमिल्टनगन्ज रेन्जका डेपुटी रेन्जर मिजानुर शेख र हेमिल्टनगन्ज हाई स्कूलका प्रधानाध्यापक अरिन्दम मजुमदारले वन्यजीव सुरक्षाको विषय लिएर विद्यार्थीहरूलाई विशेष जागरूकता गराएको थियो। यसबाहेक विद्यार्थीहरूलाई वन्यजन्तुको शिकार अनि तस्करीबारेमा सचेतना पनि उपस्थित बन अधिकारीहरूले गराएको थियो।

About Author

Advertisement