कोलकाताः मुख्यमन्त्री ममता ब्यानर्जीकी भतीज एवं डाइमन्ड हार्डरबाट सांसद अभिषेक ब्यानर्जीले दुर्गा पूजापछि पदयात्रा शुरू गर्नेछन्। तृणमूल कांग्रेसले हालैमा सम्पन्न पञ्चायत चुनाउमा उनको पदयात्राबाट भएको लाभलाई लोकसभा चुनाउमा पनि दोहोऱ्याउन चाहन्छ।
यो वर्ष चाडको सीजन अक्टोबरको अन्तिम हप्तादेखि शुरू हुनेछ। काली पूजा अथवा तिहार नोभेम्बरको मध्यमा समाप्त हुनेछ। यस कारण अभिषेकको पदयात्रा नोभेम्बरको अन्तिम अथवा दिसम्बरको पहिलो हप्तामा शुरू हुन सक्ने बताइएको छ।
पञ्चायत चुनाउ सरह यसपाली पनि पार्टीका सबै सांसदहरू, विधायकहरू, मन्त्रीहरू, पञ्चायतहरू र अन्य जनप्रतिनिधिहरूलाई तयार भएर बस्न लगाइएको छ।