कालचिनीः बुधबार हेमिल्टनगन्ज हाई स्कूल र हेमिल्टनगन्ज रेन्ज कार्यालयको एनएसएस इकाईले वन्यजन्तु र वन्यजन्तु संरक्षण एवम् जागरूकताको लागि साइकल र्यालीको आयोजना गर्यो। साइकलयात्रामा विद्यालयका विद्यार्थी, शिक्षक र वन अधिकारीको करिब ६० जना साइकल सवारहरूको सहभागिता रहेको थियो।
उक्त ऱ्याली हेमिल्टनगञ्ज, बजार, ब्याङ्क मोड़ हुँदै विभिन्न स्थान परिक्रमा गरी विद्यालयमा फर्किएको थियो। हेमिल्टनगन्ज रेन्जका डेपुटी रेन्जर मिजानुर शेख र हेमिल्टनगन्ज हाई स्कूलका प्रधानाध्यापक अरिन्दम मजुमदारले वन्यजीव सुरक्षाको विषय लिएर विद्यार्थीहरूलाई विशेष जागरूकता गराएको थियो। यसबाहेक विद्यार्थीहरूलाई वन्यजन्तुको शिकार अनि तस्करीबारेमा सचेतना पनि उपस्थित बन अधिकारीहरूले गराएको थियो।