तिलक प्रधान मेमोरियल उच्चत्तर माध्यमिक विद्यालयमा भानु जयन्ती पालन

गान्तोक: राज्यको प्रत्येक जिल्लामा आदि कवि भानुभक्त आचार्यको जन्म जयन्ती प्रत्येक वर्ष पालन गरिन्छ। यसै क्रममा आज तिलक प्रधान मेमोरियल उच्चत्तर माध्यमिक विद्यालयमा हर्षोल्लाहसको साथमा २०८औं भानु जयन्ती पालन गरियो। यस अवसरमा विशेष गरेर शुरूमा शोभा यात्रा निकालिएको थियो। कार्यक्रममा रामायण पाठ,कविता वाचन, सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो। टीपीएमएसएसएस, रातेपानीका विद्यार्थीहरूले रामायणको चरित्र झल्काउने झाँकी प्रस्तुत गरिएको थियो। भरतको राज्याभिषेक र रामको चौध वर्षको वनवासलाई विद्यार्थीहरुले सुन्दर ढंगले प्रस्तुत गरेका थिए। विद्यालयका सबै विद्यार्थी र सदस्यहरू सुन्दर र जीवन्त परम्परागत पोशाकमा सजिएका थिए।

विद्यालयका एक सदस्यले आदिकविको जीवनी/पृष्ठभूमिको वक्तव्य प्रस्तुत गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement