गान्तोक: हिन्दु धर्मावलम्बीहरुको धार्मिक पर्व गणेश चतुर्थीको शुभ अवसरमा सिंगतामको गणेश पूजा उत्सव समितिले आयोजना गरेको सिङ्ताम बजारमा भएको पुजा समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङ सामेल भएका छन्। मुख्यमन्त्रीले सिक्किमका जनताको तर्फबाट प्रार्थना गरे र समर्पित समितिका सदस्यहरू, भक्तहरू र स्थानीय सज्जनहरूसँग भेटघाट पनि गरेका थिए। गनेश चतुर्थी हिन्दु धर्मावलम्बीहरुको एक पविज्ञ पर्वको रुपमा पालन गरिन्छ।