गजल

00-1-Gazal-1

संसारमा किन मानिस नै धेरै गद्दार छन्,

आज पनि किन नारीहरू बलात्कार छन्।

बाटो हिँड्दै गरेकालाई उठाएर लाने गाडीमा,

नारीहरू यहाँ आफ्नै सपनाका रफ्तार छन्।

भरिएको छ संसार यहाँ मानव रूपी दानवले,

आफूले इज्जत लुटेर पनि अर्कालाई सार छन्।

काम नपाउनेलाई रोजगारको लोभ दिनेहरू,

सोसन गरेर पनि किन यहाँ वारपार छन्।

दोषीहरू घुमी रहेका छन् यहाँ भएर स्वतन्त्र ,

निर्दोषहरू अझै पनि किन कारागार छन्।

(कवि हाल गुजरातमा हुनुहन्छ)

About Author

Advertisement