रम्फूमा लायन्स क्लबका चयनित सदस्यहरूको शपथ ग्रहण

IMG-20220712-WA0149.jpg

रम्फू। लायन्स क्लब इन्टरनेशनल ३२२ एफ अन्तर्गत लायन्स क्लब अफ् रम्फू गेटवे अफ् सिक्किमको वर्ष २०२२-२३ को निम्ति चयनित कार्यकारी समितिका सदस्यहरूले गरे शपथ ग्रहण। रम्फूस्थित एक होटलमा आयोजित शपथ ग्रहण कार्यक्रम समारोहमा डाक्टर दीक्षा पौड्यालले संस्थाको वार्शिक रिपोर्ट प्रस्तुत गरिन्।

वर्ष २०२१ -२०२२ भित्र विशेषरूपले क्लबले २० स्वच्छ प्रेरकहरूलाई सम्मान गर्दै छाता, मिठाई, फेस मास्क, ग्लोभ, सेनिटाईजर प्रदान गरेको जानकारी गराइन्। क्लबले गरेको कार्यको सराहना गर्दै रम्फू नगर पञ्चायत र लायन्स क्लब इन्टरनेशनल-३२२ एफ रिजनद्वारा सम्मान जनाइएको थियो।

यस अवसरमा क्लबका वरिष्ठ सदस्य लायन आर चकिलमलाई लायन्स क्लब इन्टरनेशनद्वारा प्रदान गरिएको सम्मान पत्र प्रदान गरियो। यस कार्यक्रमका मुख्य अतिथि जोन च्यारमेन सञ्जय अग्रवालले वर्ष २०२२-२३ को निम्ति चयनित कार्यकारी सदस्यहरूलाई शपथ ग्रहण गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement