मलाबासे फूटबल क्लब विजयी

photocollage_2023919113214952.jpg

१९ सेप्टेम्बरः मिरिक नजिक फुवागढ़ीमा जारी नक्आउट फूटबल टुर्नामेण्टमा मलाबासे फूटबल क्लबले आफ्नो म्याच जित्यो। फुवागढ़ी राइजिंग युथ क्लबको तत्त्वावधानमा आयोजित यस टुर्नामेण्टअन्तर्गत सोमवार खेलिएको म्याचमा मलाबासे फूटबल क्लबले बागडुग्रा फूटबल क्लबलाई १-०-ले पराजित गऱ्यो। आयोजक समितिको पक्षमा प्रभाकर छेत्रीले बताएअनुसार, यस फाइभ ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ७० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement