समग्र भारतलाई समेट्दै हाम्रो स्वाभिमान ट्रस्ट दिल्लीले मनायो १०वाँ हरितालिका तीज महोत्सव-२०२३

IMG-20230918-WA0272

नयाँ दिल्ली: हाम्रो स्वाभिमान ट्रस्टले सम्पूर्ण भारतलाई समेटदै दिल्ली १०वाँ हरितालिका तीज महोत्सव-२०२३ दिल्लीको तालकटोरा इन्डोर स्टेडियमा १८ सेप्टेम्बरमा भव्यतासँग मनायो। दिउँसोदेखि शुरु भएर राति ७ बजेसम्म चलेको कार्यक्रममा दिल्लीमा बसोबास गर्ने करिब २५ हजारभन्दा बढी मानिसहरू सहभागी थिए। प्रमुख अतिथिको रूपमा युनियम मन्त्री जोहन बारला, सांसद राजु बिष्ट, अजोय एडवर्ड, प्रेम तामाङ, अर्जुन छेत्री, सुदीप प्रधान र  विशिष्ट अथिति डा ज्वाला प्रसाद, श्रीमती रीता गंगवानी उपस्थित थिएl जगतगुरु श्री श्री सन्तोषी बाबाको आशीर्वाद रहयो। तीजको दिन महिलाहरूले निर्जला व्रत बसेर पनि उत्साहपूर्वक सांस्कृतिक नृत्य कार्यक्रममा थप ऊर्जा प्रदान गरे। यस तीज महोत्सवमा विभिन्न कार्यक्रम आकर्षणका केन्द्रविन्दु थिए। राष्ट्रिय पुरस्कार सम्मान समारोह, पुस्तक लोकार्पण समारोह, फैशन शो, एवम् सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियोl यो वर्ष ट्रस्टले राष्ट्रीय  पुरस्कार सम्मानमा धर्मराज थापालाई नेपाली साहित्य सम्मान-२०२३, उदयराज सिंह ठाकुरलाई नेपाली साहित्य पुरस्कार पद्य-२०२३, राजु प्रधानलाई नेपाली साहित्य पुरस्कार गद्य-२०२३ एवम् विष्णु बहादुर गुरुङलाई नेपाली साहित्य पुरस्कार पत्रकारिता-२०२३ सम्मानित गर्यो। 

हाम्रो स्वाभिमानले यो वर्ष तीज महोत्सवमा “गोर्खाली परिधान एवम सौन्दर्य प्रतियोगित”को आयोजन गर्यो जसमा ५२ वर्षीया श्रीमती विष्णु मुखिया, दार्जीलिङले तीज आइकन ख़िताबको विजेता भए। यी विजेतालाई राशि एवम् प्रमाणपत्र ट्रस्टले प्रदान गर्यो। सांस्कृतिक कार्यक्रम अति मनोरंजक र आकर्षण थियो जसको प्रस्तुति दीपा नारायण झा, शिरीष देवकोटा, रितु कंडेल, शान्ति कार्की, बिक्रम खत्री, यश चौहान आदि ले नेपाली गीत र अनेक नृत्य प्रस्तुति गरे। महोत्सवमा उपस्थित भएका सबै दर्शक आनंदित थिए। कार्यक्रम को प्रेरणा महासचिव श्रीमती अनिता छेत्री, अध्यक्ष नारायण श्रेष्ठ, कार्यकारी अध्यक्ष शिबलाल गँवाली, उपाध्यक्ष नारायण शर्मा, सचिव डॉक्टर युवराज भट्टराई, महिला अध्यक्ष श्रीमती अनिता गँवाली र मंच संचालन दीपिका डुम्रेय र आरती अर्यालले गरेका थिए।

About Author

Advertisement