प्रकोपहरू अचानक र अप्रत्याशित हुने हुनाले सबैजना सतर्क बस्नुपर्छः मन्त्री लेप्चा

knl_498

गान्तोकः सिक्किममा २०११ मा आएको विनाशकारी भुॅंइचालोको १२औं वर्षगॉंठको अवसरमा आज राजधानीको चिन्तन भवनमा एक कार्यक्रम आयोजन गरियो। सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणद्वारा आयोजित कार्यक्रमको थीम ‘प्रकोप जोखिम व्यवस्थान गर्न प्रकोप जोखिम प्रशासनलाई सुदृढ़ गर्दै’ रहेको थियो।

कार्यक्रमका मुख्य अतिथि भू राजस्व एवं आपदा प्रबन्धन विभाग मन्त्री केएन लेप्चाले आफ्नो सम्बोधनमा प्रकोपहरू स्वाभाविक रूपमा अचानक र अप्रत्याशित हुन्छन् भन्दै सबैलाई सतर्क बस्न आह्वान गरे। उनले वर्षाको भविष्यवाणीको निम्ति वालिङ प्रणाली जडान गर्ने आश्वासन दिए।

उनले नयॉं दिल्लीमा हालैमा सम्पन्न भएको जी२० सम्मेलनको बारेमा जानकारी गराउॅंदै सम्मेलनमा वैश्विक तापिकरण र दीगो विकास जस्ता विषयहरूमाथि चर्चा भएको बताए। मुख्यमन्त्री प्रेमसिंह तामाङको सक्रियतामा शुरूवात गरिएको ‘मेरो रूख मेरो सन्तति’ कार्यक्रमको सराहना गर्दै यस कार्यक्रमले वैश्विक तापिकरण रोकथाममा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भनी उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement