- प्रथम वैष्णवी प्रोडक्शन दार्जीलिङको नाटक ‘मैला
- दोस्रो मंगलपुरी युवा मञ्च नाट्य टोलीको ‘नाटक कमली’
- तेस्रो जागृति परिवार खरसाङको नाटक ‘सँगै तर एक्ला एक्लै’
दार्जीलिङ: गोर्खा दु:ख निवारक सम्मेलन (गोदुनिस)द्वारा आयोजित गत १४ सेप्टेम्बरदेखि आरम्भ गरिएको नेपाली नाटक प्रतियोगिताको अन्तिम फाइनल चरणको प्रतियोगिता १७ सेप्टेम्बरमा सम्पन्न गरियोl यस नाटक प्रतियोगिताको परिणामअनुसार वैष्णवी प्रोडक्शन दार्जीलिङको नाटक ‘मैला’ प्रथम, मंगलपुरी युवा मञ्च नाट्य टोलीको ‘नाटक कमली’ दोस्रो अनि जागृति परिवार खरसाङको नाटक ‘सँगै तर एक्ला एकलै’ले तेस्रो प्राप्त गरेको छ।
यस भूइँलाई नमन गर्न चाहान्छु: सी.के .श्रेष्ठ

- सर्वश्रेष्ठ नाटककार सञ्जय प्रधान (नाटक: सँगै तर एक्ला एक्लै)
- सर्वश्रेष्ठ निर्देशक आदित्य राया (नाटक: मैला)
- सर्वश्रेष्ठ अभिनेता मिलन बिसुन्के (नाटक: कमली)
- सर्वश्रेष्ठ अभिनेत्री रीना राया (नाटक: मैला)
यस कार्यक्रम गोदुनिसका अध्यक्ष बीबी गुरूङको अध्यक्षता, प्रतिष्ठ कलाकार नाट्य भुषण सी.के. श्रेष्ठको प्रमुख आतिथ्य, सचिव केशव छेत्री, कोषाध्यक्ष एनबी तामाङलगायत गोदुनिस नाटक उप समिति अध्यक्ष पेम्बा बम्जन लगायत निर्णायकहरू क्रमैले पुकार गुरूङ, बद्री खरेल, जीवन गुरूङको विशेष उपस्थितिमा सम्पन्न गरियो। प्रतियोगिताको प्रथम चरणमा गोदुनिस अध्यक्ष बीबी गुरूङ, सचिव केशव छेत्री, कोषाध्यक्ष एनबी तामाङ, किरण ठकुरीलगायत नाटक उप समिति अध्यक्ष पेम्बा बम्जन साथै विशिष्ट अतिथिवर्गमा स्वागत श्रद्धार्पण जनाए।
गोर्खा दुःख निवारक सम्मेलन दार्जीलिङको आयोजनामा ‘चौथो वार्षिक नेपाली नाटक प्रतियोगिता २०२३’ को अन्तिम दिनको कार्यक्रमलाई नाट्य अनि सिने अभिनेत्री मेनुका प्रधानले सञ्चालन गरेकी थिइन् भने प्रथममा गोदुनिस मूल सचिव केशव कुमार गुरूङले विशेषगरी गोदुनिस अनि नाटक विषयलाई लिएर मन्तव्य राख्दै आफ्नो स्वागत सम्बोधन राखे। यसैगरी प्रमुख अतिथि एवं उप समिति अध्यक्ष साथै निर्णायकहरूमा श्रद्धार्पण गरेपछि प्रमुख अतिथिको बाहुलीबाट माता सरस्वतीको तस्वीरमा दीपप्रज्जवलन गरेपछि प्रतियोगिताको आरम्भ गरियो।

प्रतियोगितामा अन्तिम चार नाटकहरू क्रमैले कमली-मंगलपुरी युवा मञ्च, दार्जीलिङ, ‘असमञ्जस-नटराज नाट्य टोली’, दार्जीलिङ, ‘सँगै तर एक्ला एक्लै’ जागृति परिवार, खरसाङ अनि अन्तिम वैष्णवी प्रोडक्सन, दार्जीलिङको नाटक मैला मञ्चन गरियो। नाटक मञ्चनपछि प्रमुख अतिथि सीके श्रेष्ठले आफ्नो सम्बोधन राख्दै भने, ‘प्रथम म यस मञ्चको मैले टेकेको भूइँलाई नमन गर्न चाहान्छु जुन भूँइमा प्रतिष्ठ कलाकारहरूले टेकेका छन् अनि यसै मञ्चबाट हजारौं वरिष्ठ कलाकारहरूको जन्म भएका छन् अनि यस मञ्चलाई हामीले पनि टेकेका हौंl’ आफ्नो सारगर्भित सम्भाषणमा श्रेष्ठले नाटक सम्बन्धि गहकिला विषय बूँदाहरूलाई मञ्चअघि राखे। यसै मञ्चबाट उनले वरिष्ठ नाटककारदेखि अभिनय कलाकार, निर्देशक आदि सबै सबैलाई सम्झना गर्दै उनीहरूका योगदानबारे बताए। अध्यक्ष बीबी गुरूङले विशेषगरी सबैमा आभार प्रकट गर्दै सहयोगीहरू सबैप्रति धन्यवाद ज्ञापन गरे साथै गोदुनिसद्वारा प्रत्येक वर्ष नाटक मञ्चन गर्नुको उद्देश्यलाई पनि दर्शकहरू राखे।

कार्यक्रममा नाटक प्रतियोगितामा विशेष सहयोग पुर्याउने अनुदान दाताहरू क्रमैले प्रा0 अजित बस्नेत, निरूपमा मोक्तान, रमन्ना गुरुङ, दुर्गा खत्रीलाई आभार प्रकटसहित श्रद्धा जनाए। प्रमुख अतिथिप्रति विशेष आभार प्रकट गर्दै स्मृति चिन्ह भेट गरेपछि प्रत्यक्ष अप्रत्यक्ष रहेका निर्णायकवर्गलाई उपहार प्रदान गरिएपछि प्रतियोगिताको अन्तिम चरणमा नाटक उप समितिका अध्यक्ष पेम्बा बम्जनद्वारा परिणाम घोषणा गरियो।

यसै क्रममा पहिलो नाटक ‘मैला’, दोस्रो ‘कमली’ अनि तेस्रो ‘सँगै तर एक्ला एक्लै’लाई प्रमुख अतिथि, अनुदान दाता साथै गोदुनिस अध्यक्षको बाहुलीद्वारा स्मृति चिन्ह, नकद राशी, श्रद्धार्पण अनि उपहारद्वारा सम्मानित गरियो। यसै नाटक प्रतियोगिताबाट सर्वश्रेष्ठ नाटककार सञ्जय प्रधान, सर्वश्रेष्ठ निर्देशक आदित्य राया अनि सर्वश्रेष्ठ अभिनेता नाटक कमलीबाट मिलन बिसुन्के, सर्वश्रेष्ठ अभिनेत्री नाटक मैलाबाट रीना रायालाई प्रदान गरिएको छ। सान्त्वना पुरस्कार नाटक ‘असमञ्जस’लाई प्रदान गरियो।
