सीबीआईले आफै बन्द गरेको थियो माणिक विरूद्ध जाँच

IMG-20230410-WA0169-11-300x172-7

कोलकाताः पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा जाँच गरिरहेको केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) ले आफैले यस मामिलामा पक्रा परेको तृणमूल विधायक एवं प्राथमिक शिक्षा परिषदका अध्यक्ष माणिक भट्टाचार्य विरूद्ध जाँच बन्द गरेको थियो। यसलाई लिएर कलकत्ता हाईकोर्टले सोमवार तीखो रोष व्यक्त गऱ्यो।

न्यायमूर्ति अभिजीत गांगुलीले सोधे, सीबीआईले आखिर किन माणिक भट्टाचार्य विरूद्ध जाँच बन्द गऱ्यो ? उनीमाथि परीक्षार्थीहरूको उत्तर पुस्तिकाहरूसित छेड़छाड़ गरेको आरोप छ। यस मामिलामा केहीपनि जाँच भइऱहेको छैन। यद्यपि, सीबीआईका अधिवक्ताले भने, सुप्रीम कोर्टले माणिक भट्टाचार्य विरूद्ध कड़ा कदम उठाउनमा रोक लगाएको छ। यसमा न्यायाधीशले भने, कड़ा कदम उठाउनदेखि रोक लगाइएको छ। अब अरू के कड़ा कदम उठाइनेछ ? उनी त जेलमा छन्। उनीसित सोधपुछ त हुनसक्छ। के त्योपनि बन्द छ ?

२०१४ को प्राथमिक शिक्षक पात्रता परीक्षामा बस्ने छात्रहरूको उत्तर पुस्तिकाहरूसित व्यापक स्तरमा छेड़छाड़ गरियो। ३३ हजारभन्दा धेरै परीक्षार्थीहरूको ओएमआर शीटसित छेड़छाड़ गरिएको दाबी छ। कोर्टले यस मामिलामा माणिकबाट जवाफ मागेको थियो तर उनले सन्तोषजनक उत्तर दिएनन्, जसपछि हाईकोर्टले उनी विरूद्ध जाँच तीव्र गर्ने आदेश दिएको थियो। यद्यपि, उनी सुप्रीम कोर्ट गएका थिए, जहाँबाट उनी विरूद्ध कड़ा कारबाही नगर्ने भनिएको थियो।

-हिस

About Author

Advertisement